मन्त्री मनाङेले दिए राजीनामा दिए, मुख्यमन्त्रीले गरे स्वीकृत

पाेखरा | भदौ १७, २०८१

मन्त्री मनाङेले दिए राजीनामा दिए, मुख्यमन्त्रीले गरे स्वीकृत

पोखरा:   गण्डकी सरकारका मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ले मन्त्री पदबाट राजीनामा दिएका छन् ।  उनले भौतिक पूर्वाधार विकास मन्त्रालयबाट वन तथा वातावरण मन्त्रालयको जिम्मा दिएपछि असन्तुष्ट बन्दै राजीनामा दिएका हु्न् । 


मुख्यमन्त्री सुरेन्द्राज पाण्डेले सोमबार मन्त्रिपरिषदमा हेरफेर र विस्तार गरेका थिए । त्यस क्रममा मनाङेले सम्हाल्दै आएको भौतिक पूर्वाधार मन्त्रालय एमालेको भागमा र मनाङेलाई वन तथा वातावरण मन्त्रालय परेको थियो ।


पाण्डेले एमालेलाई पनि सरकारमा सामेल गर्दै मन्त्रिपरिषद हेरफेर गरेका हुन् । तर मनाङेले भने असन्तुष्टि जनाउँदै सोमबारै मुख्यमन्त्रीलाई राजीनामा बुझाए । उनको राजीनामा मुख्यमन्त्री पाण्डेले स्वीकृत गरेका छन् ।


 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्